हिंसात्मक प्रदर्शनले देशको प्रतिष्ठामा ठुलो चोट लाग्यो: अमेरिकी राष्ट्रपति ट्रम्प
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुलुकमा पछिल्लो २ हप्ताभित्र भएको हिंसात्मक प्रदर्शनले देशको प्रतिष्ठामा ठूलो चोट पुर्याएको बताएका छन् । पछिल्ला २ हप्तामा निकै मानिसहरु मरेको बताउँदै यो निकै डरलाग्दो र अनुचित भएको उनले बताए । पछिल्ला २ हप्ता अमेरिकाका लागि निकै खराब अवस्थाबाट गुज्रिएको बताउँदै उनले आफुले फेरि यस्तो हेर्न नचाहेको बताए ।
डरलाग्दो ढंगले हिंसात्मक गतिविधिमा उत्रिएका प्रदर्शकारीहरुको बढ्दो दबाबका कारण राष्ट्रपति ट्रम्पले अमेरिकी प्रहरीको सुधारमा सहमति जनाइसकेका छन् । राष्ट्रपति ट्रम्पले डलासको एक बैठकलाई सम्बोधन गर्ने क्रममा भने– ‘हरेक बालबालिकाको हिंसा र डरमुक्त समाजमा बाँच्ने र बढ्ने अधिकार हुन्छ ।
कानुनी व्यवस्थालाई कायम राख्ने प्रक्रियामा केही व्यक्तिहरुले समस्या खडा गरिरहेका छन् र गर्न सक्छन्’ उनले भने– यो अवस्थामा सबै पुलिस अधिकारीहरुलाई नराम्रो दृष्टिकोणले प्रस्तुत गर्नु पनि अनुचित हो ।’ स्मरणरहोस् मे २५ मा मिनियापोलिसमा प्रहरी हिरासतमा अश्वेत नागरिक जर्ज फ्लोडको घाँटी थिचेर हत्या गरिएको भिडियो सार्वजनिक भएपछि देशव्यापी हिंसात्मक प्रदर्शन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण