शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कर्णालीमा कोरोना संक्रमितको संख्या ९१६ पुग्यो

शनिबार, ३१ जेठ २०७७, १५ : ३०
शनिबार, ३१ जेठ २०७७

कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ९१६ पुगेको छ । 

शनिवार  सुर्खेतका ४० जना र दैलेखका ३० जना गरी जम्मा  ७० जना नयाँ कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ९१६ पुगेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ । 

शनिबार थपिएका ७० जनाको परीक्षण प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप