बाँकेमा कोरोना संक्रमित हुनेको संख्या ३१५ पुग्यो
बाँके । बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या ३१५ पुगेको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको पिसिआर परीक्षणमा आज बाँकेका १९ जनामा कारोना सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।
राप्तीसोनारी गाउँपालिका वडा नं ५ का तीन पुरुष, वडा नं ९ का एक पुरुष र एक महिला तथा वडा नं ८ का १० पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो । उनीहरु सबै २० देखि ६० वर्ष उमेर समूहका रहेका छन् । त्यसैगरी बाँकेकै खजुरा गाउँपालिका वडा नं १ का २३ र ४० वर्षीय पुरुष तथा खजुरा– ६ का ३० वर्षीय पुरुषमा समेत कोरोना सङ्क्रमण देखिएको उनले जानकारी दिए ।
गत वैशाख १९ गते नेपालगञ्जदेखि शुरु भएको सङ्क्रमणकाक्रम नरैनापुर, खजुरा, राप्तीसोनारी, डुडुवा, बैजनाथ, जानकी हुँदै कोहलपुर नगरपालिकासम्म पुगेको छ । बाँकेका सबै पालिकामा कोरोना फैलिसकेको छ । नरैनापुर गाउँपालिकामा एक जनाको ज्यान जाने गरी सबैभन्दा धेरै ११८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
त्यसैगरी जानकी गाउँपालिकामा ४१, नेपालगञ्ज उपमहानगरपालिकामा ३९, राप्तीसोनारी गाउँपालिकामा ४७, डुडुवा गाउँपालिकामा २५, वैजनाथ गाउँपालिकामा १४, खजुरा गाउँपालिकामा २७ र कोहलपुर नगरपालिकामा चार जना कोरोना सङ्क्रमित भेटिएका छन् । सङ्क्रमितमध्ये १७० जनाले कोरोना पराजित गरी घर फर्किसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान, राष्ट्रिय प्राथमिकताका विषयमा छलफल हुने
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण