पिसिआर मेशिन खरीद गर्दै चौरजहारी
सोमबार, ०१ असार २०७७, १५ : ०७
रुकुम पश्चिम । रुकुम (पश्चिम) को चौरजहारी नगरपालिकाले कोभिड–१९ भएनभएको पत्ता लगाउने भरपर्दो पिसिआर मेशिन खरीद गर्ने भएको छ । जिल्लामै व्यक्तिको थ्रोट स्वावमार्फत कोरोना जाँच गर्ने गरी नगरपालिकाले आरटी पिसिआर मेशिन खरीद प्रक्रिया अगाडि बढाएको छ ।
नगरपालिकाले पिसिआर मेशिन सेटअप तथा रि–एजेन्ट खरीदसम्बन्धी सूचना प्रकाशन गरेको छ । तीन दिनभित्र आउने गरी प्रस्ताव आह्वान गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिए । उनका अनुसार एक साताभित्र सामान खरीद गर्ने गरी समय सीमा तोक्ने तयारी भइरहेको छ । रु एक करोड ३५ लाख बजेटमा सामग्री खरीद गर्ने र प्रयोगशाला स्थापना गर्ने योजना रहेको केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण