बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

पिसिआर मेशिन खरीद गर्दै चौरजहारी

सोमबार, ०१ असार २०७७, १५ : ०७
सोमबार, ०१ असार २०७७

रुकुम पश्चिम । रुकुम (पश्चिम) को चौरजहारी नगरपालिकाले कोभिड–१९ भएनभएको पत्ता लगाउने भरपर्दो पिसिआर मेशिन खरीद गर्ने भएको छ । जिल्लामै व्यक्तिको थ्रोट स्वावमार्फत कोरोना जाँच गर्ने गरी नगरपालिकाले आरटी पिसिआर मेशिन खरीद प्रक्रिया अगाडि बढाएको छ । 

नगरपालिकाले पिसिआर मेशिन सेटअप तथा रि–एजेन्ट खरीदसम्बन्धी सूचना प्रकाशन गरेको छ ।  तीन दिनभित्र आउने गरी प्रस्ताव आह्वान गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिए । उनका अनुसार एक साताभित्र सामान खरीद गर्ने गरी समय सीमा तोक्ने तयारी भइरहेको छ ।  रु एक  करोड ३५ लाख बजेटमा सामग्री खरीद गर्ने र प्रयोगशाला स्थापना गर्ने योजना रहेको केसीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप