सुदुरपश्चिममा कोरोना संक्रमितको क्रियाशील संख्या २७३ पुग्यो
कैलाली । सुदुरपश्चिम प्रदेशमा एकैदिन थप ६६ जनामा कोभिड–१९ संक्रमित पुष्टि भएपछि क्रियाशील संख्या २७३ पुगेको छ । आज सेती प्रादेशिक अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणबाट थप ६६ जनामा संक्रमण पोजिटिभ पुष्टि भएपछि प्रदेशमा कोरोना संक्रमित क्रियाशील संख्या २७३ पुगेको हो ।
प्रदेशमा यसअघि नै ५२ जना संक्रमित निको भई घर गइसकेका छन भने २ जना संक्रमितको मृत्यु भइसकेको छ । प्रदेशमा हालसम्म ९०७४ जनाको पिसिआर बिधिबाट परीक्षण गरिएका मध्येबाट ८७४७ जनामा नेगेटिभ आएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटीलाई जानकारी दिए ।
२२१६ जनाको रिपोट आउन बाँकी छ र पोजिटिभ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रदेशमा आरडिटी विधिवाट ७१२८५ जनामा परीक्षण गरिएको जनाइएको छ । प्रदेशभरका क्वारेन्टाइनमा अहिले ४२१६४ जना पुरुष र ८७५८ जना महिला रहेको कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण