सङ्गीत कम्पनीहरुका कारण नेपालमा पनि सङ्गीतकर्मीले आत्महत्या गरेका छन्ः गायक योगेश्वर अमात्य
आइतबार, ०७ असार २०७७, ०८ : ४१
गायक योगेश्वर अमात्यले सङ्गीत कम्पनीहरुका कारण नेपालमा पनि सङ्गीतकर्मीहरुले आत्महत्या गरेको बताएका छन् ।
शनिबार योगेश्वरले आफ्नो फेसबुक अकाउन्टमा सङ्गीत कम्पनीहरुले सङ्गीतकर्मीलाई अन्यायमा पारेको बताउँदै एउटा स्टेटस लेखेका छन् ।
यसमा उनले लेखेका छन्, ‘सङ्गीत कम्पनीहरुका कारण हाम्रो देशमा पनि सङ्गीतकर्मीहरु आत्महत्या, डिप्रेशनमा परेर मृत्यु, आफ्नो सङ्गीतको बाली बटुल्न नपाएर गरिब हुनु परेको छ ।’
यसमा उनले थपेका छन्, ‘सङ्गीत कम्पनीहरु चाहिँ आफू मोटाइरा’ छन् । त्यो पनि डलरमा । बिचरा सङ्गीकर्मीहरु लुटिएका छन् ।’
यसका लागि उनले उचित न्याय हुनुपर्ने मागसमेत राखेका छन् ।
‘यसको पनि दुधको दुध पानीको पानी हुनुपर्छ । मरेकाहरुले न्याय पाउनुपर्छ र अन्याय गर्ने सङ्गीत कम्पनीहरुलाई हत्याको सजाय,’ उनले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण