बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट विश्वभरी ४ लाख ६६ हजारको मृत्यु, ८९ लाख सङ्क्रमित (अपडेट)

आइतबार, ०७ असार २०७७, १६ : ०२
आइतबार, ०७ असार २०७७

एजेन्सी । कोरोना भाइरसका कारण आइतबारसम्ममा विश्वभरी चार लाख ६६ हजारभन्दा बढीको मृत्यु भएको छ ।  एएफपीले सङ्कलन गरेको विभिन्न देशका आधिकारीक निकायका अधिकारीहरुले दिएको रिपोर्ट अनुसार कोरोनाभाइरसबाट विश्वभरी चार लाख ६६ हजार ८३९ जनाको मृत्यु भएको हो । 

त्यसैगरी विश्वभरी सङ्क्रमितहरुको सङ्ख्या ८९ लाख २३ हजार ७८ पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।  विश्वभरी कूल सङ्क्रमितमध्ये ४७ लाख ४३ हजार ८०९ जना सङ्क्रमणमुक्त भएको जनाइएको छ ।  त्यसैगरी ३७ लाख १२ हजार ३७६ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । तीमध्ये ३६ लाख ५७ हजार ८७१ जना जना मध्यम अवस्थामा उपचाररत छन् भने बाँकी एक प्रतिशत अर्थात ५४ हजार ५०५ जना गम्भीर अवस्थामा रहेका छन् । 

पछिल्लो विवरण अनुसार, सवैभन्दा धेरै सङ्क्रमित अमेरिकामै रहेका छन् । अमेरिकामा अहिलेसम्म २३ लाख ३० हजार ५८ जना सङ्क्रमित भएका छन् । दोस्रो धेरै सङ्क्रमित रहेको ब्राजिलमा भने दश लाख ७० हजार १३९ जना सङ्क्रमित रहेका छन् ।  सङ्क्रमितको सङ्ख्याका आधारमा तेस्रोमा रुस, चौथोमा भारत, पाँचौमा बेलायत, छैठौँमा स्पेन, सातौँमा पेरु, आठौँमा इटली र दशौँमा चिली रहेका छन् । 

सवैभन्दा धेरै सङ्क्रमित रहेको अमेरिकामा अहिलेसम्म मृतकको सङ्ख्या एक लाख २१ हजार ९८० रहेको छ भने दोस्रो धेरै मानवीय क्षति भएको ब्राजिलमा ५० हजार ५८ जनाको मृत्यु भएको छ ।  त्यसैगरी तेस्रो धेरै मानवीय क्षति बेलायतमा भएको छ । जहाँ ४२ हजार ५८९ जनाको मृत्यु भएको छ भने चौथोमा स्पेन रहेको छ । स्पेनमा २८ हजार ३२२ जनाको मृत्यु भएको तथ्याङ्क छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप