हेटौँडाका एक युवा व्यवसायी मृत फेला
बुधबार, १० असार २०७७, १० : ०९

हेटौँडाका एक युवा व्यवसायी आज बिहान जङ्गलमा मृतावस्थामा भेटिएका छन् । निजको शव हेटौँडा उपमहानगरपालिका–१ भैरवडाँडाको जङ्गलमा भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा–५ सानोपोखराका ३० वर्षीय पविनमान श्रेष्ठको शव आज फेला परेको हो । राप्तीपुलबाट भैरवडाँडा जाने बाटोको जङ्गलमा उनी मृत भेटिएका हुन् । श्रेष्ठको शव नजिक किटनाशक औषधिसमेत फेला परेको प्रहरीले जनाएको छ ।
शव परीक्षणका लागि हेटौँडा अस्पतालमा लगिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक श्रेष्ठ जग्गासम्बन्धी कारोवार गर्ने व्यक्ति भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध मुद्दा चलाइने
-
कांग्रेस-एमाले गठबन्धनमा समस्या छैन : देउवा
-
शिक्षकसँग सरकारको सहमति : निजामती अस्पतालले शिक्षकलाई सहुलियत दिन सक्छ ?
-
‘ऊनको स्वीटर’ लाई युनिभर्सल सर्टिफिकेट
-
हेटौंडामा जमिनमुनि भासिएर बेपत्ता गाडीको लोकेसन पत्ता लगाए भूगर्भविदले
-
पूर्वमन्त्री प्रदीप नेपाल रहेनन्