क्वारेन्टिनमा बसेकालाई खाना पकाउने भान्सेमै कोरोना पोजेटिभ देखिएपछि...
सुर्खेत । सुर्खेतको एक क्वारेन्टिनमा बसेकाहरुलाई खाना पकाउने पुरुषको कोरोना रिपोर्ट पाजेटिभ आएपछि क्वारेन्टिनमा बसेका ४६ जनामा त्रास बढेको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका ५ स्थित विद्याज्योति माविको क्वारेन्टिनमा बसेकाहरुलाई खाना बनाएर खुवाउने तीन जनामध्ये एक जना पुरुषको पीसीआर परीक्षणमा मंगलबार पोजेटिभ रिपोर्ट आएको हो ।
खाना पकाएर खुवाउने व्यक्तिको पोजेटिभ रिपोर्ट आएपछि क्वारेन्टिनमा बसेकाहरुले बुधबार बिहानबाट खाना नखाएको बताएका छन् । उनीहरुले अर्को व्यवस्था गर्न नगरपालिकासँग अनुरोध गरेपनि नगरेको गुनासो गरेका छन् । त्यस्तै क्वारेन्टिनमा बसेकाहरुको कोरोना परीक्षण समेत नगरेर वेवास्ता गरिएको गुनासो उनीहरुको छ ।
‘क्वारेन्टिनमा बसेकाहरुलाई खाना बनाउने तीनजना मध्ये एक जना पुरुषको रिपोर्ट पोजेटिभ आएपछि हामीले खाना खाएका छैनौ । अर्को व्यवस्था गर्न माग गरेपनि सुनुवाई भएको छैन’, क्वारेन्टिनमा बसेका उमेश न्यौपानेले टेलिफोनमा रातोपाटीलाई बताए । .उनकाअनुसार उक्त क्वारेन्टिनमा भारतको उत्तराखण्ड र कालापहाड लगाएतबाट आएका १० जना महिला र २ बच्चासहित ४६ जनालाई राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण