कुवेतबाट १ सय ४९ नेपाली स्वदेश फर्किए
युएई। कोरोनाभाइरसको महामारीका कारण कुवेतमा समस्यामा परेका एक सय ४९ जना नेपाली आज नेपाल फर्किएका छन्
नेपाल एयरलाइन्सको उडान नम्बर आर ए-२३७७ मार्फत कुवेत अन्तर्राष्ट्रिय बिमानस्थलबाट स्थानीय समय अनुसार बिहान १२:५० बजे एक सय ४९ जना स्वदेश फर्किएका हुन्।
आज फर्कनेहरुमा असहज अवस्थाका कारण स्वदेश फर्कनै पर्ने अवस्थामा रहेका गर्भवती महिला,कोरोना बाहेकका गम्भीर रोग लागी विरामी परेकाहरु,नजीकको नातेदारको मृत्यु भइ मृत्यु संस्कारका लागि नेपाल जानु पर्ने व्यक्तिहरु, अपांगता भएका लगायतका व्यक्तिहरु रहेको कुवेत स्थित नेपाली दूतावासले जनाएको छ।उनीहरुलाई विमानस्थलमा नै निःशुल्क कोभिड–१९ परीक्षण गरिएको थियो।
दूतावासका अनुसार हालसम्म नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले १-१ वटा उडान मार्फत जम्मा ३०४ जना र जजिरा एयरवेजले कुवेत सरकारले भिसा उल्लङ्घन गर्नेका लागि घोषणा गरेको आममाफी कार्यक्रममा सहभागी भएकाहरूका लागि संचालित १० वटा गरी जम्मा १२ वटा उडान मार्फत १ हजार ८ सय ६९ जना नेपालीहरू स्वदेश फर्किसकेको जनाएको छ।
उनीहरुलाई सहजीकरण र बिदाइ गर्न कुवेतस्थित नेपाली दूतावासका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारी अन्य कूटनीतिक अधिकारीहरु विमानस्थलमा पुगेका थिए।
हिजो कुवेतबाट हिमालय एयरलाइन्सको उडान नम्बर एच- ९५७१४ मार्फत १ सय ५५ जना नेपालीहरू स्वदेश फर्किएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण