एक सातामा भक्तपुरमा दुई किशोरी बलात्कृत
भक्तपुर । एक सातामा भक्तपुरमा दुई जना किशोरी बलात्कृत भएका छन् ।
गत जेठ ३१ गते चाँगुनारायण नगरपालिका वडा नम्बर १ दुवाकोटमा १३ वर्षकी र असार ४ गते मध्यपुरथिमिमा एक १४ वर्षकी किशोरी बलाकृत भएका हुन् ।
पीडित किशोरीहरुका आफन्तले दिएको जाहेरीको आधारमा घटना संग्लन दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले जानकारी दिए ।
पीडित किशोरीकी हजुरआमाको जाहेरीमा भनिएको छ, ‘जेठ ३१ दिउँसोको समयमा मेरी नाबालक बर्ष १३ की नातिनीलाई ललाई फकाई आर्थिक प्रलोभनमा पारी जबरजस्ती करणी गरेको हो । ’
किशोरीलाई चाँगुनारायण न.पा. १ दुवाकोट बेसीमा आफ्नै कोठामा लगी जबरजस्ती करणी गरेको भन्दै प्रहरीले रुकुम जिल्ला भुमे गाउँपालिका वडा नं. ९ बस्ने बर्ष ३५ का जबर खड्कालाई असार ६ गते पक्राउ गरेको छ ।
खड्कालाई पक्राउ गरी कानूनी प्रक्रिया पुरा गरी जिल्ला अदालत भक्तपुरबाट दश दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी अर्को घटनामा असार ४ गते काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउँपालिका वडा नं. १ बस्ने बर्ष २१ को सोमराज परियारले १४ वर्षकी किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै पीडितकी आमाले जाहेरी दिएकी छिन् ।
परियारले दिउँसोको समयमा १४ वर्षकी किशोरीलाई ललाई फकाई आर्थिक प्रलोभनमा पारी मध्यपुर ठिमी न.पा. वडा नं. ९ निलबाराही जंगलमा लगी जबरजस्ती करणी गरेको प्रहरीले जानकारी दिएको छ ।
पीडित किशोरीको आमाले दिएको किटानी जाहेरी दरखास्तको आधारमा परियारलाई ५ गते पक्राउ गरी कानूनी प्रक्रिया पुरा गरी जिल्ला अदालत भक्तपुरबाट दश दिनको म्याद थप गरेर अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण