सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १३९० पुग्यो
कैलाली – सदूरपश्चिम प्रदेशमा कोभिड १९ क्रियाशिल संक्रमितको संख्या १३९० पुगेको छ । बिहिबार थप १०६ जना कोभिड १९ को संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या १३९० पुगेको हो ।
रास्टिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा गरिएको परिक्षण वाट थप १०६ जनामा पुस्टी भएको स्वास्थ्य निर्देशनालय डोटी ले मिडिया व्रिफिङ्गमा जानकारी दिएको छ ।
यसअघि नै २४४ जना संक्रमित निको भई घर गइसकेका छन् भने ५ जना संक्रमितको मृत्यु भइसकेको छ ।
पुष्टि भएकामध्ये कैलालीका २ पुरुष, कंचनपुर ४७ पुरुष,११ महिला, अछाम ९ पुरुष , ४ महिला, बाजुरा २ पुरुष,२ महिला बैतडी १ पुरुष रहेका छन । डडेल्धुरा ११ पुरुष १ महिला, बझाङ्ग १३ पुरुष, ३ महिलामा रहेको छ । प्रदेशमा हालसम्म १५३१९ जनाको पिसिआर बिधिवाट जाँच गरिएकामध्ये १३६८१ को नेगेटिभ आएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह काक्रीले रातोपाटीलाई जानकारी दिए ।
५०५६ को रिपोट आउन बाकी छ र पोजिटभ संक्रमितको बिभिन्न अस्पतालमा उपचार भई रहेको उनले बताए । संक्रमितहरु अछाम १०६, बैतडी १७७ , बझाङ्ग ५६, बाजुरा १०१, डडेल्धुरा २१८, दार्चुला १३, डोटी १९१, कैलाली ५१६, कंचनपुर २६० गरी १६३८ रहेका छन भने जस्मध्ये २४४ जना निको भई घर गएका र ५ को मृत्यु पश्चात अब संक्रमित कृयाशिल संख्या १३९० रहेको स्वास्थ्य महाशाखा प्रमुख काक्री ले बताए ।
आरडिटी बिधिवाट १०४४४२ जनामा परिक्षण गरेको छ ।
क्वारेन्टाईन बेड ८६१३६ छन जसमा १८२३५ पुरुष र ४५६८ महिला रहेको उनले वताए ।
प्रदेशका विभिन्न आईसोलेसनमा शंकास्पद १८ र संक्रमित १२३ गरी १४१ जनाको उपचार भईरहेको उनले वताए ।
५२८ जना भने सामान्य उपचार पछि घर गईसकेको उनले बताए ।
सेती प्रादेशिक अस्पताल धनगढीमा १० ,टिकापुर ३०, महाकाली,१३, अछाम १०, बझाङ्ग १ ,डोटी ३ ,बाजुरा १, डडेल्धुरा ३४, दार्चुला १ र मालाखेती अस्पतालमा २० जना संक्रमितको उपचार भई रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण