पहिरोमा वृद्धको शव फेला
शुक्रबार, १२ असार २०७७, १४ : १४
यहाँ एक वृद्धको शव पहिरोमा पुरिएका अवस्थामा फेला परेको छ । कालीमाटी गाउँपालिका वडा नम्बर ६ निवासी अन्दाजी ७० वर्षीय डिल्लीबहादुर आलेको शव पहिरोमा कम्मरभन्दा माथिको भागसम्म पुरिएका अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
यही असार ९ गते बिहान घाँस काट्न जान्छु भनी घरबाट निक्लिएको र त्यसपछि घर नफर्किएपछि परिवारले खोजतलास शुरु गरेको थियो । घरबाट निस्किएको तीन दिनपछि बिहीबार नजीकैको डाँगडुँगे खोलाको पहिरोले पुरिएको अवस्थामा शव फेला परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण