प्रदेश २ मा दुई प्रहरी सहायक निरीक्षकसहित ३ जना निलम्बित
जनकपुर । प्रदेश २ मा २ प्रहरी सहायक निरीक्षकसहित ३ जनालाई निलम्बित गरिएको छ । कर्तव्य र मर्यादा विपरित काम गरेको भन्दै २ प्रहरी सहायक निरीक्षक र १ प्रहरी जवान कारवाहीमा परेका हुन् । भ्रष्टचार विरुद्धको शून्य सहनशिलता र आन्तरिक शुद्धिकरण गर्ने नीतिअनुरुप २ नम्बर प्रदेश प्रहरी कार्यालयले ३ जनालाई निलम्बन गरेको जनाएको छ ।
वित्तिय अपराध (हुण्डी) कारोबारमा संलग्न रहेका व्यक्तिको आर्थिक प्रलोभनमा परि सघाएको प्रमाणित भएपछि कारवाही गरिएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए । उनीहरुलाई पटक–पटक सुध्र्रिने मौका दिएपनि आचरणमा सुधार नल्याएपछि कार्वाही गनुपरेको सिंहले बताए ।
हुण्डी कारोबारीलाई सहयोग गरेको प्रमाणित भएपछि ईलाका प्रहरी कार्यालय पिपरा रजवाडा रौतहट दरबन्दी भई प्रहरी चौकी औरैया रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक ललित साह र प्रहरी जवान दिनेश हजारा निलम्बनमा परेका छन् ।
त्यस्तै, इलाका प्रहरी कार्यालय देवाही गोनाही रोतहटमा दरबन्दी भई प्रहरी चौकी ब्रम्हपुरी रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक सञ्जिवकुमार झाले प्रहरी आचरणविरुद्ध काम गरेको र पटक–पटक सुध्रिने मौका दिँदा पनि आचरणमा सुधार नल्याएको भन्दै निलम्बन गरिएको प्रहरी प्रमुख सिंहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण