यी विवाहित अभिनेत्रीले करियरको लागि लुकाए विवाहको वास्तविकता
एजेन्सी – प्रायः फिल्मी क्षेत्रका स्टारहरु आफ्ना व्यक्तिगत जीवनका विषयलाई लिएर चर्चामा आउने गर्छन् । जसमा प्रेमसम्बन्ध र वैवाहिक सम्बन्धका कारण धेरै चर्चामा आउने गर्छन् । केही सेलिब्रेटीहरु आफ्नो सम्बन्धलाई खुलाएर चर्चामा आउँछन् भने केही लुकाएर ।
फिल्मी क्षेत्रका केही यस्ता अभिनेत्रीहरु छन् जसको बारेका कमै मात्र प्रशंसकलाई थाहा छ कि उनीहरु विवाहित हुन् । एउटा भारतीय मिडियाको रिपोर्टका अनुसार बलिउडका केही अभिनेत्रीहरु छन् जसले करियरका लागि आफू विवाहित भएको वास्तविकता लुकाए ।
अदिति राव ह्यादरी : यी अभिनेत्रीले २१ वर्षको उमेरमा सत्यदीप मिश्रासँग विवाह गरेकी थिइन् । तर, उनले बलिउडमा डेब्यू गर्नको लागि आफू विवाहित भएको वास्तविकता लुकाइन् । यद्यपि, उनको अहिले सम्बन्धविच्छेद भइसकेको छ ।

सुरवीन चावला : अभिनेत्री सुरवीन चावलाले २०१५ मा आफ्नो प्रेमी अक्षय ठक्करसँग विवाह गरेकी थिइन् । उनले उनीहरुको प्रेम सम्बन्धको दुई वर्षपछि नै विवाह गरेकी थिइन् तर उनले लामो समयसम्म आफू विवाहित भएको कुरा लुकाइन् । केही वर्षपछि मात्रै उनले शेयर गरेको तस्बिरले धेरैलाई आश्चर्यमा पारेको थियो । उनको एक छोरी छिन् ।

राधिका आप्टे : वेभ सीरीज क्विन राधिका आप्टे आफ्नो व्यक्तिगत जीन्दगीको विषयमा कमै चर्चामा आउने गर्छिन् । तर, कमैलाई थाहा होला उनी विवाहित हुन् । उनले २०१२ मा विदेशी म्यूजिशियन बेनेडिक्ट टेलरसँग विवाह गरेकी थिइन् । राधिका आफ्ना श्रीमानसँग लण्डनमा बस्दै आएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली याक्सद्वारा सूर्य तामाङलाई २ लाख रुपैयाँमा खरिद
-
फिल्डमै बसेर मन्त्री श्रेष्ठले विद्युत समस्याबारे छलफल
-
शरीरको कुन अंगको लागि राम्रो हुन्छ नरिवल पानी ?
-
अर्थमन्त्री वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता
-
मुम्बईमा भारी वर्षाबिच भवन भत्किँदा ६ जनाको मृत्यु
-
बैतडीमा घर भत्किँदा ३ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण