गोप्य रुपमा अचानक विवाह गरेकी रियाले भनिन्, ‘थाहा थियो गर्भवती भएको खबर फैलनेछ’
बलिउड नायिका रिया सेनले गत अगस्ट १६ तारिखमा आफ्ना प्रेमी शिवमसँग एक निजी कार्यक्रममा गोप्य रुपमा विवाह गरेकी थिइन् । विवाह गरेको खबर सार्वजनिक भएलगत्तै उनी गर्भवती भएको आशंका विभिन्न संचार माध्यमले जताएका थिए । विवाह पछि पहिलो पटक एक वेबसाइटलाई दिएको अन्तर्वार्तमा उनले आफ्नो नीजि जीवनबारे खुलेर कुराकानी गरेकी छिन् ।
गर्भवती भएको बारे दिइन् यस्तो प्रतिक्रियाः
रिया भन्छिन्, ‘हतारमा विवाह गरेकोमा म गर्भवती भएको खबर फैलनेछ भन्ने बारे मलाई राम्रोसँग थाहा थियो तर म यसबारे केही प्रतिक्रिया दिन चाहन्नँ ।’
‘विवाहले कुनै कुराको ग्यारेन्टी दिन्छ भन्ने हुँदैन । यसले सबैकुरा ठिक हुन्छ भन्ने पनि जरुरी छैन ।’ उनले भनिन्, ‘विवाहको अर्थ साँचो प्रेम, सम्मान, समझदारी र दुई मानिसहरुबिचको यथार्थता हो । जसलाई तपाईं आफैं बनाउनु हुन्छ आफ्नै लागि ता कि कुनै सम्बन्ध लामो समयसम्म चल्न सकोस् ।’
विवाहका लागि प्रेमीले यसरी राखे प्रस्तावः
रिया भन्छिन्, ‘एक दिन बिहानै शिवम उठ्ने बित्तिकै अहिले नै विवाह गरौं भन्न थाले ।’
‘विवाह गर्ने निर्णय शिवमको थियो । यो निकै हतारको निर्णय थियो । म यसबारे विस्तृत विवरण दिन सक्दिनँ ।’
रिया र शिवमको पहिलो भेट गत फेब्रुअरीमा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण