‘ईरान अहिले सबैभन्दा खराब स्थितिबाट गुज्रिरहेको छ’
एजेन्सी । ईरानका राष्ट्रपति हसन रुहानीले इरानले अहिले सबैभन्दा खराब अवस्थाबाट गुज्रिरहेको बताएका छन् । आइतबार टेलिभिजन सम्बोधनका क्रममा राष्ट्रपति रौहानी सो कुरा बताएका हुन् । राष्ट्रपति रौहानीले कोभिड–१९ को महामारी र अमेरिकाले लगाएको कडा प्रतिबन्धका कारण ईरान निकै खराब स्थितिबाट गुज्रिरहेको बताए ।
उनले भने– ‘कोरोना महामारीका कारण अर्थव्यवस्थामा निकै ठूलो चुनौती देखा परेको छ, त्यसमाथि अमेरिकी प्रतिबन्धका कारण पार पाउन थप गाह्रो स्थिति पैदा भएको छ ।’ उनले थप भने– ‘शत्रु देशले सृजना गरेको आर्थिक दबाब र महामारीका कारण यो वर्ष इरानका लागि सबैभन्दा कठिन समय हो ।’ उनले इरानका लागि सन् २०१८ बाट बढेको आर्थिक दबाब अहिले आएर झन् बढेको बताए ।
ईरान चीनपछि र युरोपभन्दा पहिले कोरोना भाइरसको महामारीबाट नराम्रोसँग प्रभावित भएको थियो । ईरानी स्वास्थ्य विभागकी प्रवक्ता सिमा सादतकाअनुसार अहिले त्यहाँ २ लाख २२ हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० औं हजार जनाको संक्रमणका कारण मृत्यु भएको छ । राष्ट्रपति रौहानीले आइतबारदेखि भीडभाड भएका स्थान र रेड जोनहरुमा अनिवार्य रुपमा मास्क लगाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।
सन् २०१८ मा अमेरिका र इरानबीचको आणविक सम्झौता भङ्ग भएको थियो । त्यसलगत्तै अमेरिकाले ईरानमाथि प्रतिबन्ध लगाएको थियो । अमेरिकाले अहिले पनि प्रतिबन्धलाई निरन्तरता दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत
-
हराएका २४ वटा दुईपाङग्रे सवारी साधन भेटिए
-
समान रूपमा बजेट व्यवस्था गर्न सांसद कार्कीको माग
-
छोरालाई सुहाउँदो बुहारी बनाउन महिलाले ११ वर्षिया बालिकालाई अपहरण गरेपछि...
-
फ्लेचर र चार्ल्सको अर्धशतक, नेपालसामु विशाल लक्ष्य
-
काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर