यी युरोपेली देशमा अमेरिकीलाई प्रवेश निषेध
युरोपेली संघका थुप्रै सदस्य देशमा को आउन सक्छन् र कसलाई प्रतिबन्ध गरिएको छ भनेर ‘सुरक्षित’ गैर–युरोपेली देशको एक सूची जारी गरिएको छ ।
यो सूचीमा समावेश देशका जनता जुलाई १ तारिखदेखि युरोपेली संघ र शेंगन इलाकामा प्रवेश गर्न सक्नेछन् ।
यो सूचीमा अमेरिकालाई स्थान दिइएको छैन भने अष्ट्रेलिया र क्यानडेली जनता युरोपका यी देशमा प्रवेश गर्न सक्नेछन् ।
बेलायती जनताको प्रवेश बारे युरोपेली संघले भिन्न रुपमा घोषणा गर्नेछ ।
अन्तिम निर्णय देशको हुनेछः
युरोपेली संघमा प्रवेशका लागि गैर युरोपेली देशको सूची बनाइएको छ, त्यसका लागि ती देशको संक्रमण दर, क्न्ट्याक्ट ट्रेसिङ प्रोग्राम र स्वास्थ्य डाटालाई हेरिएको छ ।
यद्यपि, ‘सुरक्षित’ सूचीमा समावेश यी देशको सबै मापदण्ड पूरा भने भएको थिएन । यो सूचीलाई एक सल्लाहको रुपमा जारी गरिएको छ ।
कोभिड–१९ महामारीको क्रममा सीमाको नियन्त्रणको निर्णय सबै देशले अपनाएका छन् । तर जर्मनीका अनुसार युरोपेली संघले यो महामारीमा मिलेर काम गर्न आवश्यक छ ।
स्मरण रहोस्, जुलाई १ तारिखदेखि जर्मनीले युरोपेली संघको अध्यक्षता सम्हाल्दै छ । हालसम्म यो सूची एक एडभाइजरीको रुपमा जारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मिथ चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण