शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा १७ स्थानीय तहमा करिव पाँच हजार उम्मेदवारी मनोनयन

शुक्रबार, २३ भदौ २०७४, १८ : ५२
शुक्रबार, २३ भदौ २०७४

सिरहा । तेस्रो चरणमा हुन गईरहेको स्थानीय तह निर्वाचनका लागि सिरहामा चार हजार सात सय १९ जनाले उम्मेद्वारी मनोनयन गाराएका छन् । सिरहाको ८ नगरपालिका र ९ गाउँपालिकामा एक हजार आठ सय ९६ महिला र दुई हजार आठ सय २३ पुरुषले मनोनयन दर्ता गराएका हुन् । 

सिरहा नगारपालिकाबाट १८ जनाले मेयर र १० जनाले उपमेयरमा उम्मेदवारी दिएका छन् । २२ वटा वडारहेको यो नगरपालिकामा कुल ५ सय ५० जनाले उम्मेवारी दिएका छन् ।

मिर्चैया नगरपालिकामा २२ जनाले मेयर पदमा उम्मेदवारी दिएका छन् । जसमध्ये एक जना महिला रहेका छन् । उपमेयरमा ९ जनाले उम्मेवारी दिएका छन् । यस नगरपालिकाबाट चार सय ४६ जनाले उम्मेवारी दिएका छन् । 

लहान नगरपालिकामा १५ जनाले मेयर पदको लागि उम्मेवारी दर्ता गराएका छन् । ८ जनाले उपमेयरको लाग उम्मेदवारी दिएका छन् । सिरहा नगरपालिकाबाट सात सय २५ जनाले उम्मेदवारी दिएका छन् । जिल्लामा सबैभन्दा बढि यही नगरपालिकाबाट उम्मेदवारी परेको छ ।

कल्याणपुर नगरपालिकामा २० जनाले मेयर र १० जनाले उपमेयर पदको लागि उम्मेवारी दिएका छन् । यहाँबाट तीन सय ६७ जनाले स्थानीय तहमा उम्मेदवारी दिएका छन् ।

गोलबजार नगरपालिकामा २६ जनाले मेयर पदको लागि उम्मेदवारी दिएका छन् । जसमध्ये १ जना महिलाले मेयर पदको लागि उम्मेदवारी दिएका छन् । उपमेयरमा १० जनाले मनोनयन दर्ता गराएका छन् । जसमध्ये पुरुष ३ जना रहेका छन् । यस नगरपालिकाबाट सवैभन्दा धेरै मेयर पदका लागि उम्मेवारी दिएका छन् । यहाँबाट जम्मा तीन सय ९६ जनाले उम्मेदवारी दिएका छन् । 

धनगढीमाई नगरपालिकामा १७ जनाले मेयर पदमा उम्मेवारी दिएका छन् । उपमेयरमा ८ जनाले उम्मेदवारी दिएका छन् । त्यसमध्ये एकजना पुरुष रहेका छन् । यहाँबाट तीन सय ७२ जनाले उम्मेवारी मनोनयन गराएका छन् । 

सुखिपुर नगरपालिकामा २१ जनाले मेयर पदको लागि मनोनयन दर्ता गराएका छन् । जसमध्ये एक जना महिला रहेका छन् । उपमेयरमा १ जना पुरुष र ५ जना महिला सहित ६ जनाले उम्मेवारी दर्ता गराएका छन् । सुखिपुरमा २ सय २८ जनाले उम्मेवारी दिएका छन् । 

कर्जन्हा नगरपालिकामा १६ जनाले उम्मेवारी दिएका छन् भने उपमेयरमा १ जना पुरुष र ९ जना महिला गरी १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । दुई सय ७६ जनाले उम्मेवारी दिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

गाउँपालिकाहरुमा बडीयारपट्टीमा १० जना प्रमुख र ५ जना उपप्रमुखले उम्मेदवारी दिएका छन् । नवराजपुरमा पनि १० प्रमुख र ५ उपप्रमुखले उम्मेदवारी दिएका छन् । सखुवानन्कारकट्टी गाउँपालिकामा १० प्रमुख र ६ उपप्रमुख पदमा उम्मेवारी मनोनयन गराएका छन् । 

त्यसैगरी, विष्णुपुर गाउँपालीकामा १५ प्रमुख र ८ जनाले उपप्रमुख पदमा उम्मेवारी दिएका छन् । जसमध्ये १ जना पुरुष रहेका छन् । भगवानपुरमा ९ जनाले प्रमुख पदमा उम्मेवारी दिएका छन् । जसमध्ये २ जना महिला रहेका छन् । उपप्रमुखमा ७ जनाले मनोनयन दर्ता गराएका छन् । जसमध्ये एक जना पुरुष रहेका छन् । 

लक्ष्मीपुरपतारी गाउँपालिकामा १० जना प्रमुख र ५ जना उपप्रमुखले उम्मेदवारी दिएका छन् । औरही गाउँपालिकामा ४ जना प्रमुख र ४ जना उपप्रमुखले उम्मेवारी दिएका छन् । नरहा गाउँपालिकामा ११ जना प्रमुख र ७ जनाले उम्मेवारी दिएका छन् । जसमध्ये एकजना पुरुष रहेका छन् । 

जिल्लाको १७ वटै स्थानीय तहमा मुख्य कुनै पनि दलले महिलाई प्रमुख पदमा उम्मेदवार बनाएका छैनन् । 

प्रदेश नम्वर २ को स्थानीय निर्वाचनको लागि २१ गते उम्मेद्वारी दर्ता  २२ गर्दा नामावली सार्वजनिक गर्ने भनीएको भएपनि प्राविधिक कारणवस आज (शुक्रवार) अवेरमात्र नामावली सार्वजनिक गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप