जुलाइ ३ मा साइप्रसमा रहेका नेपालीको ‘उद्धार’
काठमाडौं । इजरायलस्थित नेपाली दूतावासको पहलमा साइप्रसमा रही समस्यामा परेका नेपालीको जुलाइ ३ मा ‘उद्धार’ हुने भएको छ ।
नेपाली राजदूतावास इजरायलका प्रवक्ता अर्जुन घिमिरेले नेपाल एयरलाईन्सलाई महामारीको समयमा साइप्रस सरकार लगायत युरोपियन युनियनले चार्टर गर्न अनुमति नदिएपछि कतार एयरलाइन्ससँग समन्वय गरेर उद्धार गर्न लागिएको जानकारी दिए ।
साइप्रस समेत हेर्ने दूतावासका प्रवक्ता घिमिरेले भने, दूतावास र साइप्रसका सघंसस्थाहरुकै आग्रहमा नेपाल सरकारले धेरै मिहनेत गरी विदेशी कम्पनी कतार एयरबेजसँग कुरा गरेर जुलाई ३ तारिखका लागि जहाज फिक्स गरेको हो । यसलाई अवसरका रुपमा लिइदिनु हुन सम्पूर्ण साईप्रस र ईजरायलमा बसोबास गर्ने नेपालीहरुलाई आग्रह गर्दछु ।’
प्रवक्ता घिमिरेले साईप्रसबाट नेपाल फर्कनका लागि शुरुमा धेरैले नाम दर्ता गराएको तर टिकट काट्नेहरुको संख्या न्युन रहेको बताए ।
कतार एयरवेजले आफूहरुलाई सकभर धेरै भन्दा धेरै नेपालीहरु टिकट काटेमा फ्लाईट गर्न सहज हुने बताएकोले अब जो नेपाली समास्यामा छन् उनीहरुका लागि यस्तो अवसर पछि नआउने भएकाले समयमै निर्णय लिन प्रवक्ता घिमिरेले अनुरोध गरेका छन् ।
उनले समस्यामा परेकाहरुलाई दूतावासले पनि आवश्यक प्रक्रियागत सहयोग उपलब्ध गराउन तयार रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण