सलहको जोखिम टरेको छैन, सतर्क रहन सरकारको आग्रह
काठमाडौं–सलहले ठाउँ परिवर्तन गरिरहेका हुनाले जोखिमलाई मध्यनजर गर्दै कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार तीनदिनको मौसमको पूर्वानुमान पूर्व र दक्षिणतर्फ हावाको बहाव हुने भएकाले सलहप्रति सचेत रहन आग्रह गरिएको हो ।
सलहको झुण्ड हावाको वहावसँगै स्थानान्तरण गर्ने भएकाले मध्य र पश्चिम नेपालका तराई तथा अन्य जिल्लाहरुमा स्थानान्तरण गर्ने जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।
आज पनि देशभरी पूर्वी र दक्षिण पूर्वी वायुको प्रभाव रहने सम्भावना छ । र, केही स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । यस्तै अवस्था बिहीवारसम्म रहने भएकाले सतर्क रहन सर्वसाधारणलाई केन्द्रले आग्रह गरेको छ ।
शनिवार भित्रिएको सहल आजसम्म २६ वटा जिल्लामा फैलिसकेको छ । एक ठाउँमा स्थिर भएर नबसेको कारण कति जिल्ला र कहाँ कहाँ पुग्न सक्छ त्यसै अनुमान गर्न नसकिने केन्द्रका रामकृष्ण सुवेदीले बताए ।
हावाको चाप जता जता जान्छ उतै उतै जाने भएका हुनाले दुई तीन अझै फैलिन सक्ने सम्भावना रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण