दैलेखमा पेट्रालियम पदार्थ अन्वेषण ‘फिल्ड’को काम तिहारपछि
काठमाडौं – दैलेखमा पेट्रालियम पदार्थ अन्वेषण ‘फिल्ड’को काम तिहारपछि सुचारु हुने भएको छ । कोरोनाको बन्दाबन्दी र वर्षात् भएकाले फिल्डमा गरिने काम हाल स्थगित छ । वर्षात्मा जङ्गल वृद्धि हुने, बाटोमा घाँस उम्रने र खोलामा पानी बढी हुने भएकाले फिल्डको काम स्थगित गरिँदै आएको छ ।
बन्दाबन्दी नभएको भए हालसम्म ड्रिल गर्ने औजार चीनबाट आइसक्थ्यो तर चीनमा पनि र नेपालमा पनि बन्दाबन्दी भई हवाई सेवा सञ्चालन नभएका कारण ड्रिल औजार ल्याउन नसकिएको खानी तथा भूगर्भ विभागले जनाएको छ । अहिलेसम्म ४.५ किलोमिटर गहिराइ गर्ने ड्रिल औजार ल्याइसक्ने विभागको योजना थियो ।
विभागले गत आर्थिक वर्षको सबै काम सम्पन्न गरेको छ । गत आर्थिक वर्षमा गरिएको अध्ययनले ड्रिल गर्ने स्थानको पहिचान गर्नेछ । विभागका उपनिर्देशक सुधीर रजौरे भन्छन्, गत वर्षको अध्ययनले ड्रिल गर्ने स्थानको पहिचान हुन्छ, अहिलेसम्म ड्रिलको सामान पनि आइसक्थ्यो लकडाउनले आएको छैन, गत आर्थिक वर्षका कामले पेट्रोलियम पदार्थ रहन जस्तो संरचना चाहिन्छ त्यो त्यहाँ छ भन्ने कुरा देखिएको हो, अब ड्रिल गर्ने प्रक्रियामा काम अघि बढाउने हो ।
दैलेख सदरमुकामदेखि पाँच किलोमिटर पश्चिममा २० किलोमिटर क्षेत्रको तीनस्थानबाट अन्वेषणको काम हुँदै आएको छ । चिनियाँ सहयोगअन्तर्गत गर्नुपर्ने काम सम्पन्न भएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण