सुदूरपश्चिम प्रदेशमा थप १३२ जनामा कोभिड–१९ को संक्रमण पुष्टि
कैलाली । सुदूरपश्चिम प्रदेशमा मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट थप १३२ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमित संख्या २ हजार १३ पुगेको छ । यसअघि नै ४ सय ७९ संक्रमित निको भई घर गईसकेका छन भने ६ जनाको मृत्यु भइसकेको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा ११५, वीर अस्पताल काठमाडौँको प्रयोशालाबाट १५ र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालावाट २ जनामा संक्रमण पुुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको हो ।
पुष्टि भएका मध्ये कैलालीका १७ पुरुष र ४ महिला, बाजुराका १० पुरुष र ८ महिला तथा कञ्चनपुरका ९ महिला रहेका छन् । त्यसैगरि अछामका ४८ पुरुष र १८ महिला र डोटीका १७ पुरुष र १ महिला रहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।
प्रदेशमा हालसम्म १८ हजार ६०९ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र १६ हजार १२६ मा नेगेटिभ आएको उनले बताए । ५ हजार १२३ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख १२ हजार ३८३ जनामा परिक्षण गरिएको छ ।
हालसम्म फेला परेका संक्रमितहरु अछामका १९९, बैतडीका २३४, बझाङ्गका ७२, बाजुरा ३३०, डडेल्धुराका २२९, दार्चुलाका १७, डोटीका ४२५, कैलालीका ६७६ र कंचनपुरका ३१६ गरि २ हजार ४९८ रहेका छन् । जसमा महिला ५७४ र पुरुष १ हजार ९२४ संक्रमित फेला परेका हुन् ।
क्वारेन्टिनमा ९ हजार ६३३ पुरुष र २ हजार ५४१ महिला रहेका छन् । प्रदेशका बिभिन्न आईसोलेसनमा शंकास्पद १८ र संक्रमित ९१ गरी १०९ जनाको उपचार भइरहेको छ । ६७२ जना भने सामान्य उपचारपछि घर गइसकेका छन् ।
हाल सेती प्रादेशिक अस्पताल धनगढीमा ४, टिकापुरमा ४०, महाकालीमा १२, अछाममा १०, बझाङ्गमा १, डोटी २, बाजुरा २ र मालाखेती अस्पतालमा २ जना संक्रमितको उपचार भइरहेको उनले बताए । बाँकी भने ९ वटै जिल्लाको आइसोलेसनमा रहेको कार्कीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण