घरायसी विवादमा बुवाद्वारा छोरामाथि खुकुरी प्रहार
बुधबार, १७ असार २०७७, १४ : ३१
दाङमा आफ्नै बुवाको खुकुरी प्रहारबाट छोरा घाइते भएका छन् । जिल्लाको दंगिशरण गाउँपालिका ५ नौबस्ताका ४६ वर्षीय खुशिराम चौधरीले खुकुरी प्रहार गर्दा २७ बर्षिय छोरा श्रीप्रसाद चौधरी घाइते बताएको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय दाङका वरिष्ठ उपरीक्षक राजकुमार बैदवारका अनुसार सामान्य घरायसी झगडा हुँदा आफ्नै छोरालाई बाबुले खुकुरी प्रहार गरेका हुन् । प्रदेश प्रहरी कार्यालय दाङका अनुसार छोरा श्रीप्रसादको बाँया हातमा गहिरो चोट लागेको छ ।
घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ भने खुकुरी प्रहार गर्ने बाबुलाई नियनत्रणमा लिई आबश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस–एमालेको पूर्वसहमति भत्कियो, प्रदेश सरकार गठनमा नेकपा निर्णायक
-
२०१० को स्पेन र २०२६ को स्पेनमा के फरक छ ?
-
सुरक्षा परिषद् सुधारका लागि तत्काल कदम चाल्न भारतकाे आह्वान
-
राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते
-
सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश
-
मेस्सीले करियरमा अब इंग्ल्याण्डलाई हराउन मात्र बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण