जनकपुर-ढल्केवर सडक खण्डमा मोटरसाईकल दुर्घटना, आमा-छोराको मृत्यु
जनकपुर । धनुषाको जनकपुर–ढल्केवर सडक खण्डमा भएको सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ४ स्थित हरैयामा मोटरसाइकल दुर्घटनामा परि आमा र छोराको मृत्यु भएको हो ।
महेन्द्रनगरबाट जनकपुरतर्फ आइरहेको ज ३ प ७०४२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार आमा र छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० स्थित देवपुरा रुपैठा बस्ने ४८ वर्षीय धर्मादेवी शर्मा र उनकी २८ वर्षीय नविन शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले मोटरसाइकलमा सवार रहेका चालक नविन आफै अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुशन्धानबाट खुलेको जानकारी दिए । उनले दुवैजनाको शवलाई प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टमका लागि ल्याइएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण