जनकपुर-ढल्केवर सडक खण्डमा मोटरसाईकल दुर्घटना, आमा-छोराको मृत्यु

जनकपुर । धनुषाको जनकपुर–ढल्केवर सडक खण्डमा भएको सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ४ स्थित हरैयामा मोटरसाइकल दुर्घटनामा परि आमा र छोराको मृत्यु भएको हो ।
महेन्द्रनगरबाट जनकपुरतर्फ आइरहेको ज ३ प ७०४२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार आमा र छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० स्थित देवपुरा रुपैठा बस्ने ४८ वर्षीय धर्मादेवी शर्मा र उनकी २८ वर्षीय नविन शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले मोटरसाइकलमा सवार रहेका चालक नविन आफै अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुशन्धानबाट खुलेको जानकारी दिए । उनले दुवैजनाको शवलाई प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टमका लागि ल्याइएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित अर्थतन्त्रको प्रवर्द्धनमार्फत आर्थिक वृद्धिका चुनौतीको सामना गर्नसक्छौँ : उपप्रधानमन्त्री पौडेल
-
सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु
-
१४ सरकारी अस्पतालबाट सहुलियतमा क्यान्सरको उपचार हुने
-
बीसीसीआईले कोची टस्कर्सलाई ५३८ करोड भारु क्षतिपूर्ति तिर्नुपर्ने
-
कृषाको ‘जहाजैमा’मा जापानीज अभिनेत्री रजेलले अभिनय गर्ने
-
सभामुखले गरे प्रमुख सचेतक र कानुन मन्त्रीसँग छलफल