सुशान्तले आत्महत्या अघि गुगलमा यो कुरा सर्च गरेका थिए, मोबाइलको फरेन्सिक रिपोर्ट सार्वजनिक
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको विषयमा प्रहरी अनुसन्धानमा जुटेको छ । भारतीय सञ्चार माध्यमले पनि लगातार उनको आत्महत्या पछिको खबर फलोअप गरिरहेका छन् । हालै उनको मोबाइलको प्राथमिक फोरेन्सिक रिपोर्ट सार्वजनिक भएको छ ।
भारतीय सञ्चार माध्यम जीन्यूज इन्डियाका अनुसार सुशान्तले १४ जूनमा आत्महत्या गर्नुअघि करिब सवा १० बजे आफ्नो मोबाइलको गुगल सर्च इन्जिनमा आफ्नै नाम सर्च गरेका थिए ।
उनले मोबाइलको सर्च हिस्ट्रिमा ‘सुशान्त सिंह राजपूत’ नाम सर्च गरेका थिए । त्यसपछि खुलेका केही न्यूज पोर्टल पनि खोलेर हेरेका थिए ।
स्रोतले दाबी गरे अनुसार सुशान्त सिंह राजपूतसँग नजिक भएकाहरुले प्रहरीलाई दिएको बयानमा सुशान्त पछिल्लो केही समयदेखि मानसिक समस्यासँग गुज्रिरहेको र उनलाई थुप्रै पटक कसैले जानीजानी उनको इमेज खराब गर्ने कोसिस गरिरहेको जस्तो लाग्छ । पत्रिका, वेबसाइट, सोसल मिडियामा उनीबारे छापिएको खबरको विषयमा उनी धेरैजसो आफ्नो टिमसँग छलफल गर्थे । उनलाई सायद यस्तो लाग्थ्यो कि कसैले उनलाई बदनाम गर्नका लागि षड्यन्त्र रचिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली याक्सद्वारा सूर्य तामाङलाई २ लाख रुपैयाँमा खरिद
-
फिल्डमै बसेर मन्त्री श्रेष्ठले विद्युत समस्याबारे छलफल
-
शरीरको कुन अंगको लागि राम्रो हुन्छ नरिवल पानी ?
-
अर्थमन्त्री वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता
-
मुम्बईमा भारी वर्षाबिच भवन भत्किँदा ६ जनाको मृत्यु
-
बैतडीमा घर भत्किँदा ३ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण