कोरोना भाइरसबाट विश्वमा ५ लाख १९ हजारभन्दा बढीको मृत्यु (अपडेट)
एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख १९ हजार २७२ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ८ लाख १९ हजार ७६२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।
नेपाली समयानुसार बिहीबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ६० लाख ४० हजार ३३८ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४२ लाख ६० हजार १५२ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५७ हजार ९४१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्तराज्य अमेरिकामा मात्र २७ लाख ७९ हजार ९५३ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३० हजार ७९८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा २२ लाख ९९ हजार ९०८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ८७ हजार ६७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३२ लाख ४७ हजार १४२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ७१ हजार २७० जनाको मृत्यु भएको छ ।
युरोपमा २४ लाख ६४ हजार ४२९ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९२ हजार २८९ को मृत्यु भएको छ । एसियामा २३ लाख ७६ हजार ४७८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ५८ हजार ६२ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा ४ लाख २१ हजार ४५९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १० हजार ४४३ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार ६४३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण