रामोशको पेनाल्टीमा रियललाई चार अंकको अग्रता
कप्तान सर्जियो रामोशको पेनाल्टीको मद्दतले रियल म्याड्रिडले गेटाफेविरुद्ध संघर्षपूर्ण जीत हासिल गर्दै ला लिगाको शीर्ष स्थानमा चार अंकको अग्रता कायम गर्न सफल भएको छ ।
खेलमा गेटाफेले रियललाई निराश बनाउने देखिएको थियो । तर, दोस्रो हाफमा म्याथियास ओलिभेराले ड्यानी कार्भाहाललाई फल हानेपछि रियलले पेनाल्टी पायो । पेनाल्टीलाई रामोशले सजिलै गोलमा परिणत गरे । उनले लगातार २१ औँ पेनाल्टीबाट गोल गरेका छन् । खेलमा उनको एक मात्र गोल नै निर्णायक बन्यो ।
च्याम्पियन्स लिगमा स्थान बनाउने होडमा रहेको गेटाफेले खेलमा राम्रो सुरुवात गरेको थियो । सुरुवात १२ मिनेटमा नै रियलका गोलकिपर थियाबट कोर्टवाले तीनवटा बचाउ गर्नु परेको थियो ।
निकै संघर्षपूर्ण बनेको खेलमा दुवै टोलीबाट १० खेलाडीले कार्ड पाएका थिए । खेलमा रियलले धेरै अवसर सिर्जना गर्न सकेन । लुका मोर्डिचको प्रहार लक्ष्यसम्म पुग्न सकेन भने करिम बेन्जोमाको प्रहारपनि पोष्ट बाहिर गएको थियो ।
३३ खेलपछि रियलको ७४ अंक रहेको छ भने बार्सिलोना ७० अंकसहित दोस्रो स्थानमा रहेको छ । अब बाँकी पाँच खेलमध्ये ४ मा जीत हासिल गरे रियल सन् २०१२ पछि लिग च्याम्पियन बन्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण