आइतबारदेखि पुनः शुरु प्रदेश अस्पतालको ओपिडी सेवा
शनिबार, २० असार २०७७, १३ : ४१
सुर्खेत । विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बन्द भएको यहाँस्थित प्रदेश अस्पतालको बहिरङ्ग सेवा (ओपिडी) पुनः शुरु हुने भएको छ ।
दश दिनदेखि बन्द ओपिडी सेवा भोलि (आइतबार) देखि सञ्चालन हुने अस्पतालले जनाएको छ । अस्पतालमा कोभिड–१९ का सङ्क्रमितहरुको उपचार तथा व्यवस्थापकीय नेतृत्व गर्ने चिकित्सकसहितका नौ स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको थियो ।
उनीहरु प्रदेश अस्पतालकै कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका छन् । अस्पतालका निर्देशक डा.डम्बर खड्काले यही असार ११ गतेदेखि बन्द ओपिडी सेवा भोलिदेखि सञ्चालन गरिने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण