कंगना रनौतले गम्भीर आरोप लगाउँदा पनि यसकारण चुप छन् ऋतिक रोशन
कंगना रनौतले ऋतिक रोशन, आदित्य पंचोली र अध्ययन सुमनमाथि विभिन्न गम्भीर आरोप लगाएकी छिन् । उनको आरोपमा आदित्य र अध्ययनले प्रतिक्रिया पनि दिए तर ऋतिक भने अझैसम्म चुप छन् । ऋतिकको यो मौनताका कारण पत्ता लागेको छ । उनी एक रणनीतिका कारण नियोजित रुपमा यो मामलामा शान्त बसेको छन् । यद्यपी, आरोपमा ऋतिककी पूर्व श्रीमती सुजेनले कंगनाको नाम नलिइकनै एक ट्वीट गरेर जवाफ दिने कोसिस गरिन् ।
वास्तवमा, ऋतिक रोशनको मौनताको पछाडि कानूनी कारण छ । रिपोर्टलाई मान्ने हो भने उनका कानूनी सल्लाहकारले कंगनाको कुनै पनि आरोपमा मौन रहन सल्लाह दिएका छन् । आरोपमा ऋतिकको कमेन्टले उनीहरुलाई समस्यामा पार्न सक्छ भनी चुप लागेर बस्न सल्लाह दिइएको छ ।
स्मरण रहोस्, एक टेलिभिजन कार्यक्रमलाई दिइएको अन्तर्वार्तमा ऋतिकले उनको इमेल अकाउन्टको गलत प्रयोग भएको बताइन् । कंगनाले भनिन्, ‘मेरो नाममा घटिया र वाहियात मेल पठाइयो । त्यसलाई अहिले पनि मानिसहरु गुगलमा खोजेर पढ्ने गर्दछ र मज्जा लिन्छन् । यस्तो अभद्र व्यवहारका लागि ऋतिकले मसँग माफी माग्नुपर्छ ।’
यस्तै ऋतिककी पूर्व प्रेमिका सुजेनले ट्वीटमार्फत ऋतिकको समर्थन गरेकी छिन् । सुजेनले ऋतिकसँगको आफ्नो तस्बिर सेयर गर्दै लेखिन्, ‘कुनै पनि आरोप र षड्यन्त्रमा यति धेरै ताकत हुँदैन कि त्यसले एक राम्रो आत्मामाथि विजय प्राप्त गर्न सकोस् ।’
कंगनाले आदित्य पंचोली र अध्ययन सुमनको विषयमा पनि विभिन्न खुलासा गरिन् । कंगनाको यो अन्तर्वार्ताका लागि फिल्म उद्योगका मानिसहरुले नै उनको आलोचना गरिरहेका छन् । फिल्म निर्मात्री तथा कोरियोग्राफर फराह खानले यो विवादमा ऋतिकको साथै दिँदै कंगना सधैं ‘वूमन कार्ड’ खेल्ने बताइन् । यस्तै, गायिका सोना महापात्रले कंगनाको अन्तर्वार्तलाई सर्कसको नाम दिएकी छिन् । यस्तै, टेलिभिजन नायिका शिल्पा शिन्देले कंगनालाई समर्थन गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण