काठमाडौंमा ५ सहित १०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
बिहीबार, २५ असार २०७७, १६ : २७
काठमाडौं । बितेको २४ घण्टामा थप १०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा थप १०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । जसका काठमाडौंका ५ जना समेत रहेका छन् । योसहित कोरोना संक्रमितको कूल संख्या १६ हजार ५३१ पुगेको गौतमले बताए ।
यसैगरी बितेको २४ घण्टामा थप १३९ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या ७ हजार ८९१ जना पुगेको छ ।
२५ प्रयोगशालाबाट बितेको २४ घण्टामा थप ४ हजार ५८८ जनाको सीसीआर विधिबाट नमुना परीक्षण भएको छ । क्वारेन्टिनमा २४ हजार ४२५ जना रहेका छन् भने आइसोलेशनमा ८ हजार ६०५ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेफ सन्तोष शाहमाथिको आरोप के हो ?
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण