कोरोनाभाइरसबाट विश्वभर १ करोड २० लाख सङ्क्रमित
एजेन्सी । विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या एक करोड २० लाख पुगेको छ । जोन हकिन्स विश्वविद्यालयले बिहीबार दिएको जानकारीअनुसार सङ्क्रमित भएकामध्ये विश्वभरी पाँच लाख ५० हजार १३५ जनाको मृत्यु भएको छ ।
चिनियाँ सहर वुहानमा सबैभन्दा पहिले सन् २०१९ को डिसेम्बरमा पत्ता लागेको कोभिड–१९ हाल विश्वभर महामारीका रूपमा फैलिएकोे छ । कोरोनाका कारण सवैभन्दा बढी अमेरिका प्रभावित भएको छ । अमेरिकामा कोरोनाका कारण मृत्यु भएका र सङ्क्रमित भएकाहरुको सङख्या सवैभन्दा धेरै रहेको छ ।
अमेरिकामा कोरोनाभाइरसका कारण अहिलेसम्म एक लाख ३२ हजार ३०९ जनाको मृत्यु भएको छ । त्यसैगरी ३० लाख ५५ हजार १४४ जना सङ्क्रमित भएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गत मार्चदेखि कोरोनाको महामारी फैलिएको घोषणा गरेको थियो ।
दोस्रो धेरै प्रभावितको सूचीमा ब्राजिल भएको छ । ब्राजिलमा १७ लाख १३ हजार १६० जना सङ्क्रमित भएका छन् भने ६७ हजार ९६४ जनाको मृत्यु भएको छ । बेलायत, फ्रान्स, इटली, स्पेन, भारत, रूस र पेरू बढी प्रभावित मुलुकहरूमध्ये रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण