मृतकका परिवारलाई विपद् जोखिम बीमा भुक्तानी दिने व्यवस्था गर्न मुख्यमन्त्रीको निर्देशन
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशका जाजरकोट र रुकुम (पश्चिम) मा पहिरामा परी भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । आज वक्तव्य जारी गर्दै मुख्यमन्त्री शाहीले गए राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका र आज बिहान रुकुम (पश्चिम) को आठबीसकोट नगरपालिकामा गएको पहिरामा परी नागरिकले जीवन गुमाएको घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।
उनले भनेका छन्, “जाजरकोट बारेकोट गाउँपालिका ४ जिरीको पहिरोमा परी सात जनाको दुःखद् निधन र पाँच जना बेपत्ता रहेको र रुकुम(पश्चिम) आठबीसकोट नगरपालिका ३ रेझेखोलाको पहिरोमा परी दुईजनाको दुःखद् निधन र एक जना घाइते भएको घटनाले म स्तब्ध छु ।”
उनले उक्त प्राकृतिक विपद्मा परी निधन भएका सबैप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारमा धैर्य गर्न आग्रह गरेका छन् । सम्बन्धित घरपरिवारमा पर्न गएको पीडाप्रति सहानुभूति र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले पहिरामा बेपत्ताको खोजी, विस्थापित परिवारलाई राहत एवं मृतकका परिवारलाई प्रदेश सरकारका तर्फबाट गरिएको विपद् जोखिम बीमा रकम भुक्तानी दिने व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन भइसकेको जनाएका छन् ।
मुख्यमन्त्री शाहीले प्राकृतिक विपद्को जोखिमबाट बच्नका लागि सतर्कता अपनाउन सबैलाई आग्रह गर्दै जोखिम न्यूनीकरणको आवश्यक व्यवस्था मिलाउन प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय एवं सरोकार निकायलाई निर्देशन दिएका छन् । घटनाको खबर पाउनेबित्तिकै उद्धार तथा प्रारम्भिक उपचारमा खट्ने सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्थानीय तहका जनप्रतिनिधि एवं सूचना सम्प्रेषण गर्ने सञ्चारकर्मीलाई पनि उनले धन्यवाद ज्ञापन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण