शनिबारको मौसम पूर्वानुमान
काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ ।
जारी पूर्वानुमानमा महाशाखाले हाल मनसुनी न्यून चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको जानकारी दिएको छ ।
यसैगरी, महाशाखाले देशभर सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरूमा अहिले वर्षा भईरहेको जनाएको छ ।
महाशाखाले दिउँसोको मौसम पूर्वानुमान गर्दै देशभर सामान्यदेखि पूर्ण बदली हुने र सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।
यस्तै, महाशाखाले प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एकरदुई स्थानहरुमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ ।
रातिको मौसम पूर्वानुमानमा देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेश का थोरै स्थानहरुमा साथै बागमती प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेश को एकरदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण