खोलाले बगाएर पिलरमा अड्किएका युवाको जिवितै उद्धार
शनिबार, २७ असार २०७७, ११ : १०
घोराही - खोलाको बीच भागमा रहेको पिलरमा अड्किएका दाङका एक जना युवालाई खोलाबाट जिवितै उद्धार गरिएको छ । पत्रे खोला पुलमा ६ बर्षसम्म पुल नबन्दा जनताले सास्ती पाएका छन् ।
शुक्रबार बेलुका १० बजे तुल्सिपुर १८ पत्रे खोलामा सोही ठाउँकै २८ वर्षीय अजय घर्ती खोलाको बीच भागमा रहेको पिल्लरमा अड्किएको र उनलाई प्रहरीको सहयोगमा सोनापुर सिमेन्टको क्रेनबाट जिवित उद्धार गर्न सफल भएको हो ।
खोला तरेर साइकल लिएर घर फकिँदै गर्दा घर्तीलाई बगाएर पिल्लरमा अड्काएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । लगातारको बर्षाले पत्रे खोलामा बाढी आएको छ ।
बर्षौंदेखि बर्षायाममा खोलामा बाढी आएर आवतजावत गर्न नसक्दा जनताले दुःख पाउँदा पनि स्थानीय, प्रदेश र संघीय सरकार मुकदर्शक बनेका छन् । पटक–पटक पुल बनाउन दबाब दिँदा सरकारी निकायले मौनता साँध्दै आएको स्थानीयको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण