बारेकोटमा पु-याइयो राहत सामग्री
शनिबार, २७ असार २०७७, १८ : २३
कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट राहत सामग्री बोकेर नेपाली सेनाको हेलिकप्टर जाजरकोट बारेकोट गएको छ ।
बिहीबार राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–४ जिरीको पहिराले दुई घर बगाउँदा सात जनाले ज्यान गुमाएका र पाँचजना बेपत्ता रहेका पीडित परिवारलाई राहत सामग्री लिएर हेलिकप्टर त्यसतर्फ गएको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले जानकारी दिए ।
नेपाली सेनाको हेलिकप्टरले २५ त्रिपाल, २५ थान कम्बल, तीन बोरा च्युरा, १८० प्याकेट चाउचाउ र १० बोरा चामलमा तत्काल ५० केजी चामल लिएर त्यसतर्फ गएको सूचना अधिकारी रोकायाले बताउनुभयो । उहाँका अनुसार पीडित परिवारलाई थप राहत र विस्थापितहरुको व्यवस्थापनका लागि सरकारले आवश्यक तयारी थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण