बलिउड अभिनेता अनुपम खेरको परिवारलाई कोरोना संक्रमण
एजेन्सी – बलिउड अभिनेता अनुपम खेरको परिवारलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनकी आमा र परिवारका अन्य सदस्यलाई पनि संक्रमण भएको हो ।
अनुपमले ट्विट गर्दै आमा, भाइ, बाइ बुहारी र भतिजीलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् । अनुपमले आमा दुलारी, भाइ राजु, बुहारी रिमा र भतिजी वृन्दाको कोभिड–१९ परीक्षणको रिपोर्ट पोजिटिभ देखिएको बताए ।
अनुपमले ट्वीटरमा लेखेका छन्, ‘मेरी आमा दुलारीलाई कोरोना संक्रमण भएको छ, मेरो भाइ, भाउजू र भतिजीलाई पनि उच्च सावधानमा रहँदा पनि उनीहरुमा हल्का लक्षण देखिएको छ ।ु
भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिइरहेको छ । भने भारतको सबैभन्दा ठूलो मनोरञ्जन उद्योग बलिउडका हस्तीहरुमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । यसैबीच, बलिउड महानायक अमिताभ बच्चनसहित अभिनेत्री ऐश्वर्या राय, उनकी छोरी र अभिनेता अभिषेक बच्चन पनि संक्रमित भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण