हिमालय एअरलाइन्सको जुलाई १५ देखि २१ सम्मको उद्धार उडान तालिका सार्वजनिक
मङ्गलबार, ३० असार २०७७, १५ : ३८
काठमाडौं । हिमालय एअरलाइन्सले कोरोनाभाइरस महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धार उडान गर्ने नयाँ समय तालिका सार्वजनिक गरेको छ ।
एअरलाइन्सले जुलाई १५ देखि २१ सम्म गर्न लागेको उडान समय तालिका सार्वजनिक गरेको हो । जुलाई १५ देखि २१ सम्म युएइ, साउदी अरब, बहराइन, कतार र मलेसियाबाट नेपालीहरु ल्याउन लागिएको एअरलाइन्सले जनाएको छ ।
यो भन्दा अगाडी भएका उद्धार उडानमा जस्तै अहिले पनि एयरलाइन्सले यात्रुले पीसीआर र आरडिटी परीक्षण गरी नतिजा नेगेटिभ आएको प्रमाण पेश गर्नुपर्ने, कुनैपनि कारणले उडान रद्ध हुन सक्ने र नेपाल आएर सरकारले भने बमोजिमको क्वारेन्टाइनमा बस्नुपर्ने सर्तहरु अगाडी सारेको छ ।
एयरलाईन्सले यसअघि दुई चरणको उद्धार उडान गरिसकेको छ । जुलाई १५ देखि २१ सम्म हुन लागेको उडान समय तालिका यस्तो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण