बालुवाटारमा ओली–प्रचण्डबीच वार्ता
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र बढेको विवाद समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच वार्ता सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा केही समयअघिबाट वार्ता सुरु भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन् ।
ओली र प्रचण्डबीच मंगलबार पनि झण्डै डेढ घण्टा वार्ता भएको थियो ।
गत असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठकमा बहुमत सदस्यले ओलीको राजीनामा मागेपनि ओली त्यसको विपक्षमा छन् । यसबीचमा स्थायी समिति बैठक स्थगित गरेर ओली र प्रचण्डबीच पटक पटक वार्ता भएपनि सहमति हुन सकेको छैन ।
ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने नेताहरुको मागमा बिचको बाटो खोज्नेगरी छलफल भइरहेको नेकपाका अन्य नेताहरुले बताउँदै छन् । सातवटा एजेण्डा तय गरेर सुरु भएको स्थायी समिति बैठककै बीचमा अन्य एजेण्डा समेत थपिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण