एक लाख घुस लिँदालिँदै समातिए इन्जिनियर
बुधबार, ३१ असार २०७७, २१ : ०७
पोखरा । घुस लिँदालिँदै बागलुङको ढोरपाटन नगरपालिकाका इन्जिनियर समातिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले उनलाई पोखराको जिरो किमीबाट रंगेहात समातेको हो ।
कास्की बस्दै आएका इञ्जिनियर मिलन अधिकारीलाई घुस लिँदालिँदै रंगेहात पक्राउ गरिएकाे अख्तियारको पोखरा कार्यालयका प्रवक्ता मेघनाथ रिजालले बताए ।
आर्थिक वर्ष सकिनै लागेको बेलामा सेवाग्राहीसँग योजना मिलाइ दिएको बहानामा घुस लिएको अभियोगमा उनलाई समातिएको हो । उनले १ लाख रुपैयाँ घुस लिएका थिए ।
विशेष सूचनाको आधारमा उनलाई समातेको प्रवक्ता रिजालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण