दलित बस्तीको उठीबास
पहिरो ले हुम्लाको ताँजकोट वडा नं ४ खर्राको दलित बस्तीका २२ घरधुरीले बस्ती छाडेका छन् ।
लगातारको वर्षाले खर्राको जिमकोइला खोलामा गएको पहिरो बाट दलित बस्तीका सबै घर भत्किने अवस्था भएपछि बिहीबार बिहानैदेखि सबै घर छाडेर अन्यत्र बसेको सम्बन्धित स्थलबाट धनसुर दमाईँले जानकारी दिए ।
पहिरो ले दुई घरमा क्षति पुगेको छ भने अन्य सबै घरको नाजुक अवस्था आएपछि बिहानदेखि बस्तीका सबै घरपरिवार आफ्नो घर छाडेर देउला गैरामा पाल टाँगेर बसेको दमाईँले बताए । उनले भने, “पहिरोले हाम्रो त उठीवास गरायो ।”
माथिबाट आएको सुख्खा पहिरो ले घर झुण्डिएको अवस्थामा रहेपछि सबै घर खाली गरेर बारीमा सरेका छन् । आफूले लगाएको मकै, कोदो, धान सबै पहिरो ले छोपेर लगेपछि घर पहिरो मा झुण्डिएको अवस्थामा रहेको बताउँदै स्थानीयवासी तुथा परियारले भने, “झुण्डिएको अवस्थामा रहेका घरलाई कतिखेर पहिरोले बगाउने हो भन्ने डर भएपछि दलित बस्तीका सबै घरधुरीले आफ्ना घर खाली गरेका छन् ।”
पहिरो मा परेर मानवीय र पशुचौपायाको क्षति नभए पनि प्रतिघर चार हल जग्गा बगाएर लगेको स्थानीयवासी धनसुर परियारले बताए । पहिरोस्थलबाट प्रहरी चौकी निकै टाढा भएपछि क्षतिको यकिन विवरण आउन बाँकी छ ।
प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले पहिरो गएर दलित बस्ती जोखिममा रहेको खबर आएपछि कवाडी सीमा प्रहरीचौकीको टोलीलाई स्थलगत रुपमा बुझ्न पठाइएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
-
शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान
-
कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा माथि
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण