विश्वमा कोरोना भाइरस संक्रमित ८२ लाख ८४ हजारभन्दा बढी व्यक्ति संक्रमण मुक्त

एजेन्सी । विश्वमा कोरोना भाइरस संक्रमित भएका १ करोड ३९ लाख ५२ हजार ४०६ जना व्यक्तिमा ८२ लाख ८४ हजार २८५ व्यक्ति संक्रमण मुक्त भएका छन् । शुक्रबारसम्म प्राप्त समाचारअनुसार विश्वमा कोरोना भाइरसको संक्रमणबाट ५ लाख ९२ हजार ७५७ जना व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ ।
हाल विश्वभरमा ५० लाख ७५ हजार ३६४ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ५९ हजार ८८७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३६ लाख ९५ हजार २५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ४१ हजार ११८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ३१ लाख १६ हजार ३९३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख १२ हजार २९३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४३ लाख २६ हजार ८२८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ९२ हजार ४८७ जनाको मृत्यु भएको छ ।
युरोपमा २६ लाख २९ हजार ७२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९८ हजार १६६ को मृत्यु भएको छ । एसिया ३१ लाख ९९ हजार १६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७५ हजार २५९ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा ६ लाख ६७ हजार ३३४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १४ हजार ३९९ जनाको मृत्यु भएको छ । ओसियानामा १२ हजार ९०३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३८ जनाको मृत्यु भएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक
-
खेलकुदमा कोशी प्रदेश निरन्तर खस्किँदै
-
ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो
-
प्रत्यक्ष प्रसारण जारी रहेकै समयमा टेलिभिजन कार्यालयमा इजरायली हवाई आक्रमण (भिडियोसहित)
-
नेपाली शान्ति सैनिकको अदलीबदली
-
प्रतिनिधिसभाको बैठक बस्दै, सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची