मनकामना केबुलकारले गरायो सरकारलाई ध्यानाकर्षण
काठमाडौ । मनकामना मन्दिर दर्शनका लागि सञ्चालित देशकै पहिलो केबलकार मनकामना केबुलकारले आगामी दिनहरुमा उच्च सुरक्षाका उपायहरु अपनाएर व्यवसायिक क्षेत्रहरु खुल्ला गर्नुपर्नेमा जोड दिएको छ । कोरोना भाइरस महामारीले पारेको प्रभावलाई आत्मसात गर्दै केबुलकारले व्यवसायिक क्षेत्र खुलाउन सरकारसँग आग्रह समेत गरेको छ ।
उक्त कम्पनीले लामो दुरीका यातायातलाई समेत सञ्चालन गर्दै पर्यटन र धार्मिक क्षेत्र लगायतका सबै क्षेत्र खुल्ला गराउन आग्रह गरेको हो । कोरोना कहरले निम्त्याएको संकट सामना गर्न नागरिकहरु समेत सजग र सचेत भईसकेकाले सुरक्षामा कुनै पनि कसर बाँकी नराखी अबिलम्ब पर्यटन व्यवसायिक क्षेत्रका साथै धार्मिक क्षेत्र समेत खुलाउनतर्फ सरकारले चासो दिनुपर्नेमा कम्पनीले जोड दिएको छ ।
लामो समयदेखि यी प्रतिष्ठानहरु बन्द हुँदा समग्र देशको आर्थिक क्षेत्र नै धरासायी हुन पुगेकाले अर्थतन्त्र चलायमान बनाउन पनि अब सतर्कतापूर्वक यस्ता क्षेत्र सञ्चालन हुनुपर्नेमा कम्पनीले जोड दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण