उर्लिएर आएको बागमतीसँग फोटो खिच्ने रहर, तस्विरमा हेर्नुहोस्
सोमबार, ०५ साउन २०७७, १८ : ३८

काठमाडौँ । यतिबेला नेपालभर मनसुन सक्रिय रहेको छ । केही दिनयता देशभर भारी वर्षा भइरहेको छ । जसको कारण कयौँ स्थानमा बाढी र पहिरोले धनजनको ठूलो क्षति भइरहेको छ ।
काठमाडौँ उपत्यकामा पनि आइतबारदेखि निरन्तर वर्षा भइरहेको छ । जसले गर्दा काठमाडौँ उपत्यका भएर बग्ने खोला र नदीको जलस्तर ह्वात्तै बढेको छ । जल तथा मौसम विज्ञान विभागले खोला र नदी छेउ बस्ने सबैलाई सर्तक रहन आग्रह गरेको छ ।
तर, हामी मानिस पनि जब्बर नै छौँ । प्रकृतिसँग पैठाजोरी खोज्न पुगिहाल्छौँ । कतै यही नदी उर्लिएर ठूलो क्षति गरिरहेको छ । तर, हामी त्यही बाढी आएर ठूलो बनेको नदीलाई हेरेर मनोरञ्जन लिन पुग्छौँ । नदीलाई पृष्ठिभूमिमा राखेर तस्विरलाई कैद गर्न हतारिन्छौँ । हेरौँ उर्लिएको बागमतीको रमिता हेर्न आएकाहरुका केही तस्विरहरुः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिपेन्डेन्ट भिसामा क्यानडा लैजान्छु भन्दै युवतीले ठगिन् २० लाख
-
पोपमा निर्वाचित हुने पहिलो अमेरिकी बने रोबर्ट प्रिभोस्ट
-
कोशी प्रदेश ‘प्रथम’ लगानी सम्मेलनको उपलब्धि
-
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट थाल्यो काम
-
आठ हजार भन्दा धेरै अकाउन्ट ब्लक गर्न एक्सलाई भारतको निर्देशन
-
करिब ८६ प्रतिशत निर्माण पूरा हुँदा यस्तो देखियो सिंहदरबारमा निर्माणाधीन संसद् भवन (तस्बिरहरू)