कर्णालीमा १ हजार सवारी साधन कारवाहीमा
सुर्खेत । गत चैत ११ गते नेपाल सरकारले गरेको बन्दाबन्दी अवधिमा सुर्खेतमा एक हजार ६३ सवारी साधन कारवाहीमा परेका छन् । बन्दाबन्दी अवधिभर कारवाहीमा परेका सवारी साधनमा ८०६ मोटरसाइकल, ३४ स्कुटर, २२ जीप भ्यान, १६ ट्रयाक्टर, १७२ अटो र १३ ट्रक रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी रामप्रसाद घर्ती मगरले जानकारी दिनुभयो । कारवाहीमा परेका सवारी साधनबाट रु छ लाख ६२ हजार राजश्व संकलन भएको बताइएको छ ।
त्यसैगरी सो अवधिमा बन्दाबन्दी उल्लङ्घन गर्ने व्यक्तिलाई पनि प्रहरीले कारवाही गरेको छ । प्रहरीले ३२२ महिला र ६२४ पुरुष गरी ९४६ व्यक्तिलाई कारवाही गरेको हो । प्रनाउ मगरका अनुसार सरकारले लागु गरेको नियम विपरीत मास्क नलगाउने र हिँड्डुल गर्नेलाई कारवाही गर्दा रु २४ हजार राजश्व संकलन भएको छ । गत असार २४ यता हिँड्डुल गर्दा मास्क अनिवार्य गरेको प्रहरीले सो अवधिमा नागरिकलाई कोरोना सङ्क्रमणबारे सचेतनासमेत गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण