जाजरकोटमा पहिरोबाट विस्थापितलाई शिविरमा राखिने
गत असार २५ गते आएको पहिरोमा परी विस्थापित भएका एक हजार १५५ घरधुरीलाई व्यवस्थापनका लागि बारेकोट गाउँपालिकाले शिविरमा राख्ने निर्णय गरेको छ ।
गाउँपालिकाले तीन वटा मापदण्डका आधारमा विस्थापितलाई व्यवस्थापन गर्न लागेको छ । घर पूर्णरूपमा क्षति भएर विस्थापित भएको रातो (क), घर भत्किएर आंशिक क्षति भई विस्थापित भएकालाई पहेँलो (ख) र घर भत्किएर आंशिक क्षति भई जोखिममा नरहेकालाई हरियो (ग) मा विभाजन गरी राहतको प्याकेज घोषणा गरिएको छ । सोही आधारमा उत्पादनशील जमीनमा भएको क्षतिको विषयमा राहतको घोषणा गरिएको छ ।
मृतकका परिवार र पूर्ण वा आंशिक घर क्षति भई विस्थापित भएका घर परिवारलाई गाउँपालिकाको तर्फबाट खानेपानी, धारा, शौचालय, ट्याङ्की, काठेपुल तथा घट्ट निर्माणका लागि गाउँपालिकाले तत्काल काम अगाडि बढाउने भएको छ ।
गाउँपालिकाले विस्थापितलाई पर्ने स्वास्थ्य समस्याका विषयमा शिविर सञ्चालन गर्ने जनाएको छ । वडा नं १ देखि ७ सम्मका विस्थापितलाई सम्बन्धित वडा कार्यालयले सुरक्षित ठाउँ छनोट गरी आधारभूत आवश्यकता परिपूर्ति गर्ने निर्णय गरेको छ । त्यस्तै प्रति मृतकका परिवारलाई रु २५ हजार दिने निर्णय गरिएको छ । पूर्णरूपमा क्षति भई बस्नै नमिल्ने घरलाई रु ५० हजार, आंशिकरूपमा क्षति भएका घरलाइ मर्मत गर्न रु १३ हजार दिने निर्णय भएको छ ।
गाउँपालिकालाई जोखिम रहेको स्थानीय तह घोषणा गर्न प्रदेश तथा सङ्घीय सरकारलाई आग्रह गरिएको छ । गाउँपालिकामा भूगर्भविदको प्रतिवेदनका आधारमा बस्ती बसाल्न र दीर्घकालीन योजना बनाउन प्रदेश र सङ्घीय सरकारसँग माग गर्ने निर्णयसमेत गरिएको छ । गाउँपालिकामा खाद्य सङ्कट भएकाले १० हजार क्विन्टल चामल उपलब्ध गराउनसमेत माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण