सीताले ल्याइन् तीज गीत ‘वर्ष दिन बितेको’
काठमाडौं । महिलाहरुको महान चाड तीज नजिकिँदै गर्दा अचेल दैनिक २, ४ वटा तीज गीत बजारमा भित्रिने गरेको छ । देश वा विदेश सबैतिर रहेका नेपालीहरु यस्ता गीत बनाउने गरेका छन् । यस्तैमा अष्ट्रेलियामा रहेकी गायिका सीता रसाइली विश्वकर्माले पनि तीजको एक गीत बनाएकी छन् । ‘बर्ष दिन बितेको’ बोलको उक्त गीत आकर्षक भिडियोसहित सार्वजनिक गरिएको छ ।
लोकशैलीमा निर्माण भएको गीतमा अघिल्लो तिज बितेर पनि दोस्रो तिज आएको, वर्ष दिन बितेको आफुले पत्तो नपाएको, फेरि तीजको चहल पहल बढेको, अघिल्लो वर्षमा धेरै कुराको अनुभव गरेको र अहिलेको तिजमा पनि धेरै नयाँ कुराको अनुभुव हुने कुरा गीत मार्फत गायिकाले राखेकी छन् ।
अन्जली अधिकारी, बन्दना नेपाल, उषा घिमिरे लगायतको अभिनय रहेको गीतको भिडियो शंकर बिसीले निर्देशन गरेका हुन् । भिडियोमा दुर्गा पौडेलको छायाँकन, नविन घर्तिमगरको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण