सीताले ल्याइन् तीज गीत ‘वर्ष दिन बितेको’

काठमाडौं । महिलाहरुको महान चाड तीज नजिकिँदै गर्दा अचेल दैनिक २, ४ वटा तीज गीत बजारमा भित्रिने गरेको छ । देश वा विदेश सबैतिर रहेका नेपालीहरु यस्ता गीत बनाउने गरेका छन् । यस्तैमा अष्ट्रेलियामा रहेकी गायिका सीता रसाइली विश्वकर्माले पनि तीजको एक गीत बनाएकी छन् । ‘बर्ष दिन बितेको’ बोलको उक्त गीत आकर्षक भिडियोसहित सार्वजनिक गरिएको छ ।
लोकशैलीमा निर्माण भएको गीतमा अघिल्लो तिज बितेर पनि दोस्रो तिज आएको, वर्ष दिन बितेको आफुले पत्तो नपाएको, फेरि तीजको चहल पहल बढेको, अघिल्लो वर्षमा धेरै कुराको अनुभव गरेको र अहिलेको तिजमा पनि धेरै नयाँ कुराको अनुभुव हुने कुरा गीत मार्फत गायिकाले राखेकी छन् ।
अन्जली अधिकारी, बन्दना नेपाल, उषा घिमिरे लगायतको अभिनय रहेको गीतको भिडियो शंकर बिसीले निर्देशन गरेका हुन् । भिडियोमा दुर्गा पौडेलको छायाँकन, नविन घर्तिमगरको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पसल बन्द गरेर आन्दोलनमा सुनचाँदी व्यवसायी (तस्बिरहरू)
-
फेसबुकमा ‘अलबिदा’ लेखेर लेखेर सम्पर्कविहीन भएका डाक्टर श्रेष्ठ बालाजुमा फेला
-
अवैध आप्रवासीको डिपोर्टेसन तीव्र पार्न ट्रम्पको निर्देशन
-
अलग भए कुशल र शिवांगी
-
आफ्नो स्वार्थ पुरा गर्न योजना बैँकलाई हतियार बनाइयो : सांसद बस्नेत
-
दुर्घटनाग्रस्त एयर इन्डियाको विमानको कक पिट भ्वाइस रेकर्डर भेटियो