भक्तपुरमा गुन्जिए स्वर्गीय अरुण थापाका दर्जन गीत
भक्तपुर– स्वर्गीय गायक अरुण थापाको २१ औं स्मृति दिवस सोमबार भक्तपुरमा एक कार्यक्रमसहित आयोजना भयो । शुभारम्भ द म्युजिकल जर्नीको प्रस्तुति एवम् भक्तपुर सांगीतिक समाजको आयोजना रहेको उक्त कार्यक्रम विषम परिस्थिति भएकोले यसपटक सामाजिक दूरी कायम गरि सोशल मीडियाबाट प्रत्यक्ष प्रसारण गरेर गरिएको थियो ।
कार्यक्रममा भक्तपुरका स्थानिय कलाकारहरु गौतम श्रेष्ठ, बिनय कोजु, अन्जना श्रेष्ठ, नबिन्द्रलाल कर्माचार्य, गंगाराम रंजीतकार, प्रबिन शाही, सहकूल अच्छामी, रामहरि ताम्राकार, अधिश्री कसपाल, सर्बश्री कसपाल र रोशन धौभडेलले स्वर्गीय अरुण थापाका करोडौं मुटुहरुको एउटै, चोट के हो, जति माया लाए पनि, म रोए पनि, दोष कसैलाई दिन चाहन्न, आँखाको नीद, ऋतुहरुमा तिमी, लाग्न थाल्यो जीवनमा, साँझको जुनसँगै लगायत ९ वटा लोकप्रिय गीत म्युजिकल ट्रयाकमा प्रस्तुत गरेका थिए ।
कार्यक्रम गीतकार सुवासचन्द्र ढुङ्गेल, आयोजक संस्थाका सल्लाहकार तथा प्राज्ञ ध्रुव मधिकर्मी लगायतको उपस्थिति रहेका कार्यक्रममा दर्शक सहभागिता गराउन नपाउँदा आयोजकले संगीतप्रेमीसँग क्षमायाचना मागेको थियो । क्यान्सर रोगका कारण ४७ वर्षको उमेरमा आजभन्दा २१ वर्षअघि साउन ५ गते निधन भएका अरुण थापाका गीतहरु सँधैं अमर छन् । शुभारम्भ द म्युजिकल जर्नीले भक्तपुर सांगीतिक समाजसँग सहकार्य गरेर गायक अरुण थापालाई स्मरण गरेर कार्यक्रम आयोजना गरेको यो तेस्रो पटक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेनमार्कमा मिथिला चित्रकाला प्रदर्शनी
-
शिक्षण अस्पताल महाराजगन्जले माग्यो विभिन्न पदमा आवेदन
-
काठमाडौँ महानगरपालिकाले निःशुल्क कानुनी सहायता उपलब्ध गराउने, आवेदन आह्वान
-
जलवायु परिवर्तनका कारण जोखिममा मानव स्वास्थ्य
-
लुम्बिनी प्रदेशमा ९ महिनामा ६४ जनाको हत्या, अधिकांश घटना चिनजानेका व्यक्तिबाट
-
सत्तारुढ दलको बैठक बोलाउने प्रधानमन्त्रीको तयारी