भक्तपुरमा गुन्जिए स्वर्गीय अरुण थापाका दर्जन गीत
भक्तपुर– स्वर्गीय गायक अरुण थापाको २१ औं स्मृति दिवस सोमबार भक्तपुरमा एक कार्यक्रमसहित आयोजना भयो । शुभारम्भ द म्युजिकल जर्नीको प्रस्तुति एवम् भक्तपुर सांगीतिक समाजको आयोजना रहेको उक्त कार्यक्रम विषम परिस्थिति भएकोले यसपटक सामाजिक दूरी कायम गरि सोशल मीडियाबाट प्रत्यक्ष प्रसारण गरेर गरिएको थियो ।
कार्यक्रममा भक्तपुरका स्थानिय कलाकारहरु गौतम श्रेष्ठ, बिनय कोजु, अन्जना श्रेष्ठ, नबिन्द्रलाल कर्माचार्य, गंगाराम रंजीतकार, प्रबिन शाही, सहकूल अच्छामी, रामहरि ताम्राकार, अधिश्री कसपाल, सर्बश्री कसपाल र रोशन धौभडेलले स्वर्गीय अरुण थापाका करोडौं मुटुहरुको एउटै, चोट के हो, जति माया लाए पनि, म रोए पनि, दोष कसैलाई दिन चाहन्न, आँखाको नीद, ऋतुहरुमा तिमी, लाग्न थाल्यो जीवनमा, साँझको जुनसँगै लगायत ९ वटा लोकप्रिय गीत म्युजिकल ट्रयाकमा प्रस्तुत गरेका थिए ।
कार्यक्रम गीतकार सुवासचन्द्र ढुङ्गेल, आयोजक संस्थाका सल्लाहकार तथा प्राज्ञ ध्रुव मधिकर्मी लगायतको उपस्थिति रहेका कार्यक्रममा दर्शक सहभागिता गराउन नपाउँदा आयोजकले संगीतप्रेमीसँग क्षमायाचना मागेको थियो । क्यान्सर रोगका कारण ४७ वर्षको उमेरमा आजभन्दा २१ वर्षअघि साउन ५ गते निधन भएका अरुण थापाका गीतहरु सँधैं अमर छन् । शुभारम्भ द म्युजिकल जर्नीले भक्तपुर सांगीतिक समाजसँग सहकार्य गरेर गायक अरुण थापालाई स्मरण गरेर कार्यक्रम आयोजना गरेको यो तेस्रो पटक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण