निर्देशक फेरेर ‘प्रसाद’को सिक्वेल बन्ने
बुधबार, ०७ साउन २०७७, १३ : ४८
काठमाडौं । अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ अभिनिय व्यवसायिक सफल फिल्म ‘प्रसाद’को सिक्वेल बन्ने भएको छ । निर्माता सुवास थापाले ‘प्रसाद’को सिक्वेलको रुपमा ‘प्रसाद २’ बनाउन लागेका हुन् ।
जसको निर्देशन सौरभ चौधरीले गर्ने भएका छन् । ‘प्रसाद’का निर्देशक दिनेश राउत रहेका थिए ।
‘प्रसाद २’ अहिले लेखन अन्तिम चरणमा रहेको छ । पहिलो सिक्वेलका लेखक सुशील पौडेलले नै यसलाई लेखिरका छन् । लेखन सकिएपछि कथाको चरित्र अनुसार पात्र चयन गरिने निर्माण पक्षको भनाइ रहेको छ ।
‘प्रसाद’ दर्शकले र समीक्षकले दुबैले रुचाएका थिए । विपिन, नम्रताको अलवा निश्चल बस्नेतको समेत मुख्य भूमिका रहेको फिल्मले सन्तान बिहीन एक दम्पतिको कथा विषयवस्तुका रुपमा प्रस्तुत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण