शाहरुखले भने, ‘छोरा आर्यनले युवतीलाई चुम्बन गरे ओठ काटिदिन्छु’
शाहरुख खान आफ्ना बच्चाको विषयमा कति पजेसिव छन् त्यो कुरा हामीमध्ये धेरैलाई थाहा छ । यसका साथै उनी महिलालाई पनि निकै इज्जत गर्दछन् । केही समय अघि डीएनएलाई दिएको एक अन्तर्वार्तमा उनले आफ्नो छोरा आर्यनको ओठ काटिदिने चेतावनी दिएका थिए ।
वास्तवमा एक अन्तर्वार्तामा शाहरुख खानसँग सोधियो कि यदि उनको छोरा आर्यनले कुनै महिलालाई चुम्बन गरे उनको प्रतिक्रिया के होला ?
यसमा शाहरुख खानले जवाफ दिएका थिए, ‘यदि आर्यनले यस्तो गरे म उनको ओठ काटिदिन्छु ।’
उनले हाँस्दै भनेका थिए, ‘म एक महिलाको ओठ त काट्न सक्दिनँ किनभने यो कुनै पुरुषले गर्ने काम होइन त्यसकारण ती महिलाको पिताको तर्फबाट आर्यनकै ओठ काटिदिन्छु ।’
यतिमात्र होइन, शाहरुखले ती महिलाको पिताको साथ दिने पनि बताएका थिए । यसका साथै शाहरुखले कुनै पनि पुरुषले महिलालाई न त छुन सक्ने न नै नोक्सान पुर्याउने छुट भएको बताएका छन् ।
स्मरण रहोस्, शाहरुखले ओठ काट्ने धम्की दिएको यो पहिलो घटना भने होइन । तर उनले यो धम्की आफ्ना सन्तानलाई नभई अरु व्यक्तिलाई दिएका थिए ।
पछिल्लो वर्ष शाहरुखले यदि उनकी छोरी सुहानालाई कुनै पुरुषले चुम्बन गरे ती व्यक्तिको ओठ काटिदिने अभिव्यक्ति दिएका थिए ।
यो कुरा उनले करण जोहरको कार्यक्रम ‘कफी विद करण’ मा भनेका थिए ।
शाहरुखले उनकी छोरी सुहानालाई डेट गर्नका लागि कडा नियम पनि निर्धारण गरिसकेका छन् । यिनै नियममध्ये शाहरुखले ती पुरुषसँग जागिर पनि हुनुपर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन एरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण